दुई देशका आठ सुन्दरी महिला हिमालको काखमा

नुरु शेर्पा ।
कार्तिक २६, काठमाडौँ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर ठूलो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्र्याउन विश्वभर प्रचार प्रसार अभियानमा नेपाल सरकार जुटेको देखिन्छ।

भ्रमण वर्षको सङ्घारमा पर्यटकीय क्षेत्र सौराहामा ७१ देशका संरक्षणकर्मी जुटेका थुप्रै समाचारहरुमा सम्प्रेषण गरेको देखिन्छ। यसैलाई नै अवसरका रुपमा लिएर सरकारी र गैरसरकारी क्षेत्रबाट यहाँका पर्यटकीय महत्वका बारेमा उनीहरुमार्फत सन्देश पु¥याउने काम भइरहेको थुप्रै पाइन्छ । हाम्रो देश नेपाल एक प्रकृति सुन्दर देश जहाँ संसारले बहुमुल्य खोला नाला जरिबुडी र बहुमुल्य हिमशृङ्खलाहरु भएको मुलुक भनेर चिनिने नेपालको अवलोकन गर्न विश्वाबाट पर्यटकहरु भित्रिने गर्दाछ। नेपालमा हेर्ने हो भने पर्यटक एक आर्थिक आय श्रोतको मुख्य पाटोको रुपमा देखिन्छ । आज पर्यटकले गर्दा कतिपय ठाउँहरुको अर्थतन्त्र माथी उठेको पाईन्छ। नेपालको सुन्दरताले गर्दा पर्यटनको बिकास हुनुको साथै मुलुकको अर्थतन्त्रमा विस्तार र विकास हुनुमा पनि थप टेवा पुग्न गएको छ । त्यस्तै गण्डकी प्रदेशको पोखरामा पर्ने पर्यटन क्षेत्रमा निकै चर्चामा रहेको पर्यटकीय स्थाल अन्नपूर्ण घन्द्रुक जहाँ पर्यटनहरुको घुइँचो लाग्ने गर्दा छ । एसियाकै एक उच्च स्थानमा रहेको अन्नपूर्ण घन्द्रुक पर्यटकहरुको लागि निकै सुन्दर ठाउँ रहेको पाइन्छ। यहाँ बाहिरि पर्यटक मात्रा होइन आन्तरिक पर्यटकको पनि त्यतिकै घुइँचो लाग्ने गर्दा छ । प्रायः पर्यटकहरु अन्नपूर्णबाट हेलिकप्टरमानै आवात जवात गर्ने गरिन्छ । त्यस्तै यहाँका सुन्दर हिमशृङ्खलाहरु अवलोकन गर्न या सुन्दर प्रकृतिमा रमाउन दुई देशका आठ सुन्दरी महिला पुगिए अन्नपूर्ण ।

कास्की जिल्लाको पोखरामा पर्ने घान्द्रुक अन्नपूर्ण गाउँपालिका १ को महत्वपूर्ण पर्यटकीय स्थल अन्नपूर्ण फेदीमा पर्ने अन्नपूर्ण हिमाल हेर्न करिब ७ दिनको यात्रामा पुगियो अन्नपूर्ण बेस क्याम । यात्रामा दुःख, कष्ट र निकै मिहेनत पछि बल्ल आठ सुन्दरी महिला अन्नपूर्णको बेस क्याम ४१०० मि. सम्म पुगियो।आओएसम नेपालले आयोजना गरिएको अन्नपूर्ण भ्रमण २०२० कार्यक्रममा पद प्रर्दशक पेम्बा छोतेर शेर्पाको नेतृत्वमा आठ सुन्दरी महिला हिमालको फेदीमा सफलता पुर्बक पुगे र जहाँ पुग्ने वित्तिकै आठ सुन्दरी महिला खुशीले रमाउन थालिन् । मलेसिया र कोरियामा निकै चर्चामा रहेको आठ सुन्दरी महिलाले पर्यटन बर्ष २०२० लाई सफलपूर्वक सम्पन्न गर्न सामाजिक सञ्जालबाट थप प्रचारप्रसार गरि सहयोग गर्ने प्रतिवद्धता दिईन् । नेपालमा रहेको कतिपय ठाँउहरु अन्नपूर्ण बन्द सुन्दर छ्न् तर प्रचारप्रसारको कमिले पर्यटकीय सम्भावना बोकेका ठाँउहरु ओझेलमै परेको छ । स्थानीय सरोकारवालाहरुले चासो र लगानी बढाउन नसकेका कारण पनि कतिपय पर्यटन स्थानहरुमाथी उठ्न नसकेको पाइन्छ भने कतिपय ठाँउमा पर्यटकको सेवा सुविधा अप्रयाप्त भएकै कारण पनि नेपालको पर्यटकीय ठाँउहरु विकासबाट ओझेलमा परेको देखिन्छ । पर्यटक भित्र्याउदा एक ठाउँलाई मात्र नभएर सिङ्गो मुलुकलाइ नै फाइदा पुग्ने देखिन्छ । तर यहाँका कतिपय अनगिन्ती पदमार्गहरुको प्रचार प्रसार र प्रवर्दन गर्न आवश्यकता देखिन्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.