हलचोकबाट साढे ३ लाखसहित १० जुवाडे पक्राउ

कात्तिक २७, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका ३ हलचोकबाट साढे ३ लाखसहित १० जुवाडे पक्राउ परेका छन्
। हलचोकको एक घरमा जुवातास खेलिरहेका अवस्थमा महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सीतापाइलाका सचित दुलाल, काभ्रे पाँचखालका बालकुमार पन्त, नुवाकोटमा दिनेश लामा, हलचोकका महेश गोतामे, सीतापाइलाका राजकुमार तामाङ रहेका छन् । त्यस्तै सीतापाइलाकै वुद्धिबहादुर तामाङ, सुशन्त लामा, हलचोकका सुक्रबहादुर पुतुवार र राजु बस्नेत पक्राउ परेका महानगरीय प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १६ थान कौडा र ३ लाख ६० हजार रुपैयाँ बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.