निदान अस्पतालका सिइओसहित पाँच जना पुर्पक्षका लागि थुनामा

कात्तिक २७, काठमाडौं । मिर्गौला किनबेचको आरोप लागेका निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित पाँच जनालाई जिल्ला अदालतले ललितपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

जिल्ला अदालतले मंगलबार आरोपितलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको हो। मिर्गौला किनबेचको अभियोगमा प्रहरीले रामेछाप दोरम्बा घर भएका शंकरलाल लामा, काठमाडौंका विपेन्द्र प्रधान, सप्तरी कन्चनपुर नगरपालिका घर भएका कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त र रामचन्द्र आलेलाई गत असोज२९ गते नियन्त्रणमा लिएको थियो। विपेन्द्र अस्पतालका सिइओ हुन्। राजेश पन्त अस्पतालका चिकित्सक हुन्।

उनीहरूले नक्कली भान्जा नाता पर्ने मानिसलाई नक्कली कागजपत्र बनाएर मिर्गौला झिकेको प्रहरी अनुसन्धानमा फेला परेको थियो। अनुसन्धानपछि प्रहरीले उनीहरूलाई मानव अंगको कारोबार गरेको कसुरमा मुद्दा चलाएको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.