चरित्र निर्माणमा शिक्षा

 सीता भट्टराई

शिक्षा सभ्यताको सूचक हो । यो शब्द शिक् धातुमा या प्रत्यय लागेर बनेको हो । शिक्षाका अर्थ ब्यक्तिको योग्यतालाई बाहिर निकाल्न, अनुशासनमा राख्न , चरित्र निर्माण गर्न ,सङ्कुचित विचारधारा दूर गराई क्रियाशील जीवन बनाउनका निमित्त शिक्षाको प्रयोग भएको छ । शिक्षाबिना मानव जीवन निरर्थक छ । निरर्थक जीवनले सभ्यताको विकास गर्न सक्दैन ।

 

शिक्षाको परिभाषा गर्दा खेरी विशेषगरी कुनै पनि विषयको ज्ञान हाँसिल गर्नु भए पनि यसको परिभाषालाई ब्याख्या , विश्लेषणद्वारा बुझ्न सकिन्छ । यस सम्बन्धमा गान्धी , प्लेटो , विवेकानन्द जस्ता विद्वानहरुले आ–आफ्नै किसिमका परिभाषा प्रस्तुत गरेका छन् । हिजो, आज भोलिका दिनहरुमा समय अनुकुल यसको प्रयोग र प्रविधिमा यसले दिने उपयोगीतालाई हेरेर अर्थ लगाउन सकिन्छ । जीवन र जगतलाई नयाँ तरिकाले सिक्नु जीवनको गतिलाई सुचारु रुपले अगि बढाउन हामीले आर्जन गर्ने भौतिक र अध्यात्मिक ज्ञानलाई नै शिक्षा भन्ने गरेको पाइन्छ । यस्तो शिक्षालाई आज अनौपचारिक , औपचारिक रुपमा विभाजन गरिएको पाइन्छ । यही माध्यमद्वारा देशको शैक्षिक स्तर अघि बढेको छ । आजको युग प्रविधिको युग हो । प्रविधिको जति विकास गर्यो ,मानिस त्यतिमात्रामा सुख सुविधाको उपयोग गरी रमाउन थालेको छ ।

 

शैक्षिक जीवन शैलीको विकसका निमित्त मानिसले आफ्नो आर्थिक स्रोत र साधनको प्रयोग गरिरहेको छ । विद्यालय ,महाविद्यालय धाइरहेको छ । जिन्दगीको आधा हिस्सा शिक्षामा ब्यथित गरेको छ । तर पनि मानिसमा आत्मा सन्तुष्टि देखिँदैन कारण उसले प्राप्त गरेको ज्ञानको सही उपयोग हुन सकेको छैन । मानिसको जीवन सुन्दर छ । शिक्षा अझ सुन्दर विषय हो । जस्ले मानिसमा चेतना प्रदान गरेको हुन्छ । त्यस्तो चेतनाको विकास आज समाजमा आवश्यक छ ।जस्ले अन्धविस्वास, कुसंस्कार, विसङ्गति, व्यथितिलाई हटाएर मानवीय मूल्य र मान्यताको खोजी गरी आर्थिक रुपले सम्पन्न, वैज्ञानिक, सभ्य र सुसंस्कृत समाजको विकास गरोस् ।

यसका लागि आजको शिक्षा सैद्धान्ति रुपमा मात्र विकास भएको छ । सिद्धान्तलाई कसरी ब्यवहारमा प्रयोग गर्ने, त्यसबाट समाजले के प्राप्त गर्न सक्दछ । फोहरी राजनीतिबाट शिक्षालाई पर राख्नु पर्छ । मानव कल्याण, समाज र राष्ट्र विकासका लागि शिक्षाको प्रयोग हुनु पर्दछ । यसका लागि राष्ट्रमा स्थापना भएका शैक्षिक संघसंस्था, व्यवस्थापक, सन्चालक, प्रशासक, कर्मचारी, विद्यार्थी, अभिभावक सवै पक्षको कल्याणका लागि सरकारका माध्यमबाट हुनुपर्ने सवै किसिमका सुविधा प्रदान गर्न सक्नु पर्छ । सवै तह र क्षेत्रका मानिसले आ–आफ्नो ठाउँबाट आफ्नो जिम्मेवारीलाई पूरा गर्न सक्नु पर्दछ । अनिमात्र देशको शैक्षिक उन्नति र प्रगतिमा विकास हुन सक्छ ।–सहकार्य मासिकबाट

Satkar Media House
Leave A Reply

Your email address will not be published.