कात्तिक २७, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बुधबार पनि भारतीय हस्तक्षेपका विरुद्ध प्रदर्शन गरेको छ ।
नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पसको आयोजनामा नेपालटार, बाइपास, माछा पोखरी क्षेत्रमा भारतीय हस्तक्षेप विरुद्ध प्रदर्शन गरिएको हो । नेविसंघ निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा गरिएको भारतीय हस्तक्षेप विरुद्धको प्रदर्शनमा विद्यार्थी नेताहरू निरञ्जन थापा, ईश्वर अधिकारी, पवन थापा, सन्तोष गुरुङ, सुवास घिमिरे, स्वेच्छा उप्रेती, ठाकुरप्रसाद नेपाल, लक्ष्मी सिलवाल, किरण भट्टराई, जीवन राना, प्रबिन गुरुङ, विशाल देवकोटा, सन्तोष दाहाल, सौरभ घिमिरे, प्रदीपजंग शाह, सुस्मिता गुरुङ, सुसिल ढकाल, भीम अधिकारीलगायत विद्यार्थी र स्थानीयवासीको उपस्थिति रहेको थियो ।
नेपालटार ग्रामिण र एनआर कलेजबाट सुरु भएको विरोध ¥याली बालाजु परिक्रमा गरेर क्याम्पसमै पुगेर समापन भएको थियो । भारतले नेपाली भूमि कालापानी, लिपुलेकलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा नेविसंघ काठमाडौंका विभिन्न स्थानमा दिनदिनै प्रदर्शन गर्दै आएको छ ।

