भारतीय हेपाहाको विरोधमा भक्तपुरमा स्कुले विद्यार्थी सडकमा

कात्तिक २६, भक्तपुर । स्कुले पोशाकमा आएका विद्यार्थीहरुको एक हातमा चन्द्रसूर्य अंकित नेपालको झण्डा थियो, भने अर्को हातमा प्लेकार्ड ।

अंग्रेजीमा ‘गो ब्याक इण्डिया’, ब्याक अफ इण्डिया’, ‘कालापानी हाम्रो हो, सीमा मिच्न पाइँदैन’, बेइमानी नक्सा हुँदैन, नेपाल छुन पाइँदैन’ लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोक्दै विद्यार्थीहरु सडकमा उत्रिए । कोही कोही विद्यार्थीसँग भने नेपालको नक्साको नमूना नै थियो । प्लेकार्ड, झण्डा र नेपालको नक्सामात्र नभएर भारतले एकतर्फी रूपमा नेपाली भूमि लिम्पियाधुरा, कालापानी तथा लिपुलेक आफ्नो नक्साभित्र राखेको विरोधमा उत्रिएका उनीहरुले चर्को आवाजमा नारा लगाए । उनीहरुको त्यो चर्को आवाजमा भारतले गरेको सीमा अतिक्रमणविरुद्ध आक्रोस थियो । उनीहरु आक्रोसित मात्र थिएनन्, उनीहरु नेपाली वीर पुर्खाले रगत पसिना नभनी रगतले कोरेको सिमानामाथि भारतले गरेको हेपाहा प्रवृत्तिको अन्त्य चाहन्थे, यसैले त उनीहरुले भक्तपुरको सूर्यमढीदेखि दूधपाटीसम्म सिमा अतिक्रमणविरुद्धको ¥यालीमा सहभागिता जनाए । अनि एक श्वरमा नारा लगाएका थिए, ‘भारतीय विस्तारवाद मुर्दावाद !’।

नेपालको संविधान २०७२ को अनुसूचिको निसान छापमा अंकित कालापानी क्षेत्र भारतले गायव गरिएसँगै भारतको उक्त कदमको सर्वत्र विरोध भइरहेको बेलामा विद्यार्थीलाई पनि देशभक्तिको विषयमा जानकारी दिन, सिमानाको महत्वबारेमा बताउन भक्तपुरको देकोचास्थित जेन्यूइन सेकेण्डरी स्कुलले आयोजना गरेको ¥यालीमा सोही विद्यालयका विद्यार्थीहरु निर्धक्क साथ सहभागी भएका थिए । ‘विद्यार्थीलाई देशको सिमानाबारेमा जानकारी दिनु आवश्यक छ, हामीले कक्षा ८ देखिकै पाठ्यपुस्तकमा सिमानाबारेमा अध्यापन गराउनुपर्छ, यो विषयबारे जानकारी दिन यो ¥याली आयोजना गरेका हौं ।’ विद्यालयका प्रिन्सिपल योगेन्द्रमान बिजुक्छेंले भने । उनले ¥यालीमा कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थी ¥यालीमा सहभागी भएको जानकारी दिए । ¥यालीले भक्तपुरको दत्तात्रय, गोल्मढी, सुकुलढोका, न्यातापोल मन्दिर परिसर,बंशगोपाल, नासमना, भार्वाचो, दूधपाटीलगायतका स्थानको परिक्रमा गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.