सागलक्षित दुई दिने कार्यशाला सुरु

कात्तिक २६, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित दुई दिने मिडिया कार्यशाला सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सहकार्यमा आयोजना गरेको कार्यशाला आजबाट सुरु भएको हो ।

कार्यशालामा देशभरका १ सयभन्दा बढी खेलकुद पत्रकारहरुको सहभागिता रहेको छ । कार्यशालामा साग खेलकुदमा मिडियाको भूमिका, रिपोर्टिङ गर्ने तरिका, फरक रिपोर्टिङ, फोटो र भिडियो खिच्ने तरिका लगायतको बिषयमा जानकारी गराईने छ । यस्तै साग लगायत ठूला खेलकुदमा ओलम्पिक कमिटिको भूमिका, सागको तयारी बारेमा जानकारी गराउनुका साथै विभिन्न खेल संघसँग अन्तरक्रिया गरिने छ ।

कार्यक्रमको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, एनएसजेएफका अध्यक्ष देवेन्द्र सुबेदी, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.