नेकपामा आयोगहरूको जिम्मेवारी तोक्यो, पार्टी एकीकरणले पायो पूर्णता

big bite restro

कात्तिक २५, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले चारवटा आयोग र एउटा प्रतिष्ठनमा पदाधिकारीको चयन गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा सोमबार भएको बैठकले यो निर्णय गरे सँगै पार्टी एकीकरणले पूर्णता पाएको छ । सचिवालय बैठकले नेता अमृतकुमार बोहोरालाई अनुशासन आयोगको अध्यक्ष तोकेको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाउनु भएको बैठकले पार्टी नेता बोहोरालाई आयोगको नेतृत्व सुम्पेको हो । आयोगको सचिवमा नेता अशोक रोकायाले जिम्मेवारी पाउनुभएको छ ।

सचिवालय बैठकले जेष्ठ नागरिक मञ्चको अध्यक्ष नन्दकुमार प्रसाइँ र सचिव गोविन्द ज्ञवाली रहने निर्णय गरेको छ । त्यस्तै लेखा आयोगको अध्यक्षमा डा। पुष्प कँडेल तथा सचिवको जिम्मेवारी लेखनाथ आचार्यलाई दिइएको छ । निर्वाचन आयोगमा अध्यक्ष विष्णुपुकार श्रेष्ठ, सचिवमा माधव पौडेल तथा सल्लाहाकार कमिटीको अध्यक्षमा केशब बडाल र सचिवमा नन्दकुमार थापा चयन हुनुभएको छ ।

सम्बन्धित समाचार