राष्ट्रियताको आन्दोलनमा प्रहरीले गरेको दमनप्रति ने.वि संघको आपत्ति

कात्तिक २५, काठमाडौँ । राष्ट्रियताको विषयमा प्रहरीले गरेको दमन र हातपातप्रति नेबिसंघले आपत्ति जनाएको छ । नेपालका भूमि भारतले अतिक्रमण गरेको विरोधमा नेविसंघले आइतबार साँझ काठमाडौंंमा मसाल जुलुस निकाल्ने क्रममा आफ्ना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

प्रदर्शनीमार्गमा नारावाजी गर्दै मसाल जुलुस लगाएका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रति नेबिसंघले आपत्ति जनाएको छ । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रहरीले नेविसंघका प्रेम शाही, सैलेन्द्र गौडेल, सुरज सेजुवाल, पन्कज सुवेदी, लक्ष्मी सिलवाल, अशोक विस्ट, अनुराग साह, बलराम ढकाल, सन्जिव ढकाल, शिखर खड्का, मनिष खड्का, सुरज नेपाल, रामजी बस्नेत र मनोज बास्तोलालाई नियन्त्रणमा लिएको जनाएको हो ।

भारत सरकारले नेपाली भुमी लिपुलेख, कालापानी र लिम्पियाधुरालाई आफ्नो नक्सामा समेटेको प्रती बिरोध स्वरुप आईतबार आर आर क्याम्पस, नेपाल ल क्याम्पस र विश्वभाषा क्याम्पसदेखि राके जुलुस निकालेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.