अन्जु र शंकरको ” तिमीलाई कति माया गर्छु ” सार्वजनिक ( भिडियो )

कात्तिक २५, काठमाडौँ । गीत रचना गर्नु भनेको शब्दमा प्राण भर्नु हो । एउटा गीत तयार गर्दा कैयौं पटक भावनामा डुबेर लेख्नुपर्ने हुन्छ ।

तर तिनै गीतकार सधै ओझेल परे भन्ने गुनासो सधै सुनिने गरिन्छ । गीतकार प्रलाद शाह एक भाग्यमानी स्रस्टा हुन् जसले आफ्नो गित लेखनको छोटो समयमा नै नेपाली गीत संगीत मा परिचय स्थापित गर्न सफल भैसकेका छन । निरन्तर पृथक स्वादका मिठा मिठा गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका शाहले हालै मात्र ‘तिमीलाई कति माया गर्छु’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन ।

रोमान्टिक भर्सनको यस गीतमा स्वर चर्चित तथा लोकप्रिय गायिका अन्जु पन्त र शंकर थापाको रहेको छ । गीतका शब्द प्रलाद शाहले लेखेका हुन् । गीतमा संगीत स्वयम् गायक शंकर थापाको रहेको छ । गीतमा संगीत संयोजन उदय राज पौडेलले गरेका हुन । हाल लिरिकल भर्सनमा उपलब्ध यस भिडियोको फराज अर्पणले गरेका हुन् । इन्दिरा लामिछाने शाह निर्माणकर्ता रहेको यस भिडियो भाकाघर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.