अदालतका सुब्बा घुस लिँदालिँदै पक्राउ

कात्तिक २४, काठमाडौं । जिल्ला अदालत पश्चिम रुकुम, मुसिकोटमा कार्यरत एक नायब सुब्बा घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले नायब सुव्बा रमेशकुमार खड्कालाई रंगेहात पक्राउ गरेको हो ।

आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार खड्काले सेवाग्राहीसँग अदालतबाट फैसला भईसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटक–पटक मोलमोलाई गरी साठी हजारबाट घुस रकम बार्गेनिङ गरेका थिए । अन्तिममा पन्ध्र हजार नदिईकन कागजपत्र नदिने भनी सेवाग्राहीलाई दुःख दिएपछि सेवाग्रहीले अख्तियारमा खबर गरेका थिए । सोही सूचनाको आधारमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–१ खलंगा स्थित, राप्ती होटल एण्ड लज अगाडिबाछ घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.