माइतीघरमा विप्लव समूहको प्रदर्शन, चारजना पक्राउ

कात्तिक २४, काठमाडौं । भारतले गत साता सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समेटिएको विरोधमा प्रतिवन्धित नेकपा निकट विद्यार्थीहरुले माइतीघरमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको नाम खुलाइएको छैन । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारी भारतको पछिल्लो कदमका विरुद्ध माइतीघरमा प्रदर्शन गरेको हो । कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.