सोलुखुम्बुमा जीप दुर्घटना, ७ जनाको मृत्यु

असार १५, सोलुखुम्बु । सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

आज बिहान नेचा सल्यानबाट काठमाडौँ जाँदै गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटना भएको घटनास्थलबाट सञ्चारकर्मी डिल्ली शर्माले जानकारी दिए। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि मिनस अस्पताल ओखलढुंगा लगिएको बताइएको छ। जीपमा आठ जना सवार रहेको बुझिएको छ।

तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट जीप करिब १ हजार मिटर तल खसेको अनुमान गरिएको छ। विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रधुम्न अधिकारीले जानकारी दिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.