भारतको नयाँ दिल्लीमा सामाजिक अभियनता सुन्दास सम्मानित

प्रारम्भ खबर ।
कात्तिक २१, काठमाडौँ । स्पिड मिडीया ईन्टरटेनमेन्टले २६ अक्टोबर २०१९ का दिन भारतको नयाँ दिल्ली स्थित वाई. डब्लु. सि.ए. सिपीमा ईन्डिया ईनर्जी ट्यालेन्ट अवार्ड भब्यताका साथ सम्पन्न गरेको छ ।

ईन्डिया ईनर्जी ट्यालेन्ट अवार्ड २५ बिधामा बितरण गरिएको थियो । कार्यक्रममा नेपाल, अमेरिका, भुटान, अफ्रिका, स्पेन, जर्मनी र भारत सहित गरी ७८ प्रतिभाहरुको सम्मान गरिएको थियो । नेपालको तर्फबाट पनि कार्यक्रममा सहभागीता रहेको थियो । सामाजिक कार्यमा छोटो समयमै महत्वपुर्ण योगदान पुर्याएको भन्दै फरक सोचका संचालक राम चन्द्र सुन्दासलाई बेष्ट सोसियल ओर्कर अवार्ड २०१९ ले सम्मानित गरिएको थियो । सुन्दासले युटुब च्यानल फरक सोच मार्फत नेपालका दुर्गम र मिडीयाको पहुँच नभएका स्थानमा पुगी त्यहाँ रहेका बृद्ध बृद्धा, अपाङ्ग, असाय, अशक्त भएका एकल ब्यत्तिहरुलाई आधारभुत आबश्यकताका खाध्यन्न तथा लत्ताकपडाहरु बितरण गर्दै आएका छन ।

युटुबबाट प्रसारण भै रहेको यस कार्यक्रमको प्रभाब भारत सम्म पुगेको र त्यसको फलस्वरुप यो अवार्ड प्राप्त गरेकोमा गौरवान्वित प्रकट गरेका सुन्दासले यस मानब सेवाको कार्यलाई निरन्तरता दिईरहने समेत बताएका छन । कार्यक्रममा राज्य मन्त्री रामदास आठवले प्रमुख अतिथी भई राख्दा बिदेशी तथा भारती अतिथीहरुको बाक्लो उपस्थिती रहेको थियो । अवार्ड कार्यक्रमले करिब ६ अन्तराष्ट्रिय देशहरु बिच आपसी सम्बन्ध प्रगाड बनाएको र यसले निरन्तरता पाईरहने कार्यक्रम प्रमुख प्रिया कगरातीले बताएकी छिन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.