कास्कीको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै शंकास्पद वस्तु विस्फोट

कात्तिक २१, पोखरा । उपनिर्वाचनको मनोनयन दर्ता कार्यक्रमको समय सुरु हुनासाथ मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्की नजिकै शंकास्पद वस्तु विस्फोट भएको छ । वैदाम प्रहरी कार्यालय घटनास्थलमा पुगेर अहिले छानबिन गरिरहेको छ ।

निर्वाचन कार्यालयभन्दा केही पर रहेको पर्यटक बसपार्कमा ठूलो आवाजसहित विस्फोट भएको थियो । वैदाम प्रहरी इन्चार्ज डीएसपी कोमल शाहले स्थिति नियन्त्रणमा रहेको जनाए । मंसिर १४ को उपनिर्वाचन प्रक्रिया आजदेखी सुरु भएको छ । निर्वाचनमा भाग लिनको लागि मनोनयन दर्ता गर्न दलका उम्मेदवारहरु केही बेरमा कार्यालय पुग्दैछन । कास्की २ मा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.