बाघको आक्रमणमा परि माहुतेको ज्यान गयो

कात्तिक १९, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणमा परि माहुतेको निधन भएको छ । मंगलबार पाटे बाघको आक्रमणबाट बर्दिया ठाकुरबाबा नगरपालिका ७ मोहनपुर गाउँका ४५ वर्षीया निकुञ्जका माहुते कर्मचारी मंग्रु थारुको ज्यान गएको हो ।

बर्दिया निकुञ्जमा पालेको हात्तीलाई चराउन निकुञ्जभित्र जंगल गएका तीन जना माहुते मध्ये मंग्रु थारुलाई निकुञ्ज भित्रको गैँडा मचान नजिक पाटे बाघले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए।

हात्तीका लागि घाँस काटने क्रममा पाटे बाघले माहुते थारुलाई झम्टेर केही पर लगेको र होहल्ला गरेपछि बाघले छाडेर गएको निकुञ्जले जनाएको छ । यसअघि निकुञ्ज भित्रबाट बाहिर आएको पाटे बाघको आक्रमणबाट ६ जनाको ज्यान गइसकेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.