भिम लामा
असार १४, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका अन्र्तगत जोरपाटी, नारायाणटार र वेशीगाउँ आसपासमा वर्षदको समयमा मात्र होईन हिँउदे समयमा पनि हिलाम्य र यततत्र सडकको कन्दविजोक बनिरहेको छ । सडकको यस्तो दुरावस्थामा निर्वाचित जनप्रतिनिधि तथा सम्बन्धित निकाय भने आफैले स्वीकृत गरिएका बजेटबाट सञ्चालित संघसंस्थाको सभा सम्मेलनमा सहभागी हुन भ्याई नभ्याई छन् ।
निर्वाचित भए पश्चात पहिलो प्राथामिकता सरसफाई र निर्माण कार्यलाई बढुवा दिने कसम खाए पनि १३ महिना बितिसक्दा त्यो कार्य भने पुरा गर्न सकिएका छैन् । नेपाली काँग्रेसबाट गोकर्णेश्वर नगरपालिकामा मेयर निर्वाचित भएपछि सन्तोष चालिसेले कार्यभार सम्हालेकै दिन तत्कालिन नगरका समस्या फोहोरमैला रहेको भन्दै त्यसको तत्काल समाधान गर्न प्रयास नै थालिएका थिए । फोहोरमैला व्यवस्थापनकै लागि जापानमा समेत पुगेर तालिम प्राप्त गरेको बताउँदै असार मसान्तसम्म प्रविधियुक्त विधि जिकाएर गोकर्णेश्वर फोहोरमुक्त बनाउने उनको लक्ष्य हरेक सार्वजनिक कार्यक्रममा प्रतिवद्धता व्यक्त गर्दै आएका छन् । तर जोरपाटीकै परिसरमा जथाभावी फोहोर फाएिको अझै हामीमाझ छर्लङ्ग छ ।

यो दृश्य देख्न सक्नुहुन्छ जहाँ फोहोर वस्तु फालिएमा रु ५ हजारदेखि १५ हजारसम्म जरिवाना लाग्ने भनेर बौद्ध–जोरपाटी सरसफाई व्यवस्थानको सूचना टाँसिएको छ । त्यही सूचनाकै मुनिपट्टि यसरी फोहोर थुपारी राखेका छन् यसबाट के शन्देश दिने ?
त्यस्तै अर्को दृश्य रहेको छ कृषि विकास बैंक अगाडी सानो देवताको मूर्ति जस्तो पनि देखिन्छ त्यहीनिर फोहोर फालिएका छन्, यसमा कस्को दोष हो ? फोहोरमैला व्यवस्थापनकै शीर्षकमा नगरबाट लाखौ बजेट महिला संघसंस्था तथा टोलसुधार समितिलाई उपलब्ध गराइएको छ त्यसको परिणाम यहि हो त ? यहाँ तालिमको नाममा रकम खर्चिएका छन् हैन भने दक्ष र चेतनशील व्यक्ति किन उत्पादन गर्न सकिएन ? व्यवस्थापनसम्बन्धि तालिम लिदै जथाभावी फोहोर फल्न त नपाईने होईन र ? संघसंसस्था, टोल सुधार समिति र नगरलाई नै चुनौति सावित बनेको छ ।

त्यस्तै निर्माण कार्यलाई तिब्रता दिने प्रतिबद्धता दिएका मेयर चालिसे लगायत वडाका जनप्रतिनिधिहरु आँखामा पट्टि बाँधिरहेका छन् । अव्यवस्थित सडककै कारण धेरै सवरी दूर्घाटना हुने स्थानको रुपमा जोरपाटी क्षेत्र अग्रस्थानमा छ । ठूला नेता, सांसद, मन्त्री, कर्मचारी र व्यवसायी पनि यहि बस्छन् । महाँगा र चिल्ला गाडीमा सवार हुन्छन् । तिनीहरुलाई के थाहा पैदलयात्री र सार्वजनिक सवरी साधनमा यात्रा गर्नेहरुको पिडा ? खाल्डै खाल्डा, त्यसमाथि सडक विचमा निस्किएका रडहरुले अस्तव्यस्त बनेका जोरपाटी क्षेत्र पछिल्लो समयमा ज्यानमारा बन्दै गएको छ । त्यसमाथी पानी ट्यांकरको ज्यादादी र बिग्रिएका सडकको अवस्थाले पटक–पटक दूर्घाटनामा ज्यान गुमाईसकेका छन् । देशकै सबैभन्दा ठूलो संस्था खगेन्द्र नवजीवन पनि यहि छन् जहाँ शारिरिक, बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु बसोबास गर्छन् । दैनिक रुपमा ह्वील चियर गुडाउँदै र सेतो छडिको सहारामा आफ्नो कार्यक्षेत्र हिडडुल गरेका तीनिहरु हाम्रो लागि राज्यले नै अन्याय गरिरहेको छ । भागवानले त यस्तो बनायो देश बनाउने शासकहरुले पनि अन्याय गरियो झन यो जोरपाटीको बाटो त हाम्रो लागि एम्बुस थापेर राखे बराबर भएको उनीहरुको गुणासो छ । यसतर्फ जनप्रतिनिधि र सरोकार पक्षको ध्यान पुग्नै पर्छ ।

त्यस्तै बौद्ध पिपलबोट स्तुपा अस्पताल अगाडी देखिएको यो सडक विचको ठाडो रडले के संकेत गराईरहेका छन् त्यो त सम्बन्धित निकाय नै जानकार होला तर सडक विभाग र जनप्रतिनिधिविचको समन्वय भने नभएकै स्पष्ट देखिन्छ, यसको मारमा सार्वसाधारण कहिले सम्म रहने ?
प्रतिनिधि र प्रदेशसभा निर्वाचन सम्पन्न भएको पनि लगभग ७ महिना भइसकेको छ । जनताले विकासका लागि चुनिएर पठाएका ती जनप्रतिनिधिहरु कहाँ के गर्दै छन् जनता सचेत भएर टर्च लाईट बालेर खोज्ने बेला आएको छ । निर्वाचनको बेला भोट माग्न जसरी घर–घरको दैलोमा हात माग्न आउनेहरु निर्वाचित भएपछि कहाँ लुक्दै छन् ? जनताको समस्या कहिलेसम्म कालझै बनाईराख्ने ? जनताको समस्याको सम्बोधन गर्न बनेका सांसद हानिमुन पिरियड अझै बाँकी छ भन्ने नसोेचिदिनुहोला । सबैमा चेतना आओस ।

