मारिएका आईएसआईएस नेता बागदादीको बहिनि ‘अवध’ पक्राउ

कात्तिक १९, एजेन्सी । टर्कीले पछिल्लो दिनमा मारिएका (२७ अक्टोबर,२०१९) इस्लामी कट्टरपन्थी आतंकवादी सङ्गठनका प्रमुख अबु बक्र अल–बगदादीको बहिनिलाई हिजो (सोमबार) पक्राउ गरेको  छ । न्युज एजेन्सी रिटर्सका अनुसार उंलाई अजाजको उत्तरी सिरिया शहरबाट पक्राउ गरिएको हो ।

उनको साथ उनको पति, बुहारीलाई समेत टर्कीले हिरासतमा लिई सोधपुछ शुरु गरेको छ । अधिकारिले बताएअनुसार आफ्नो पति, बुहारी सहित पक्राउ परेकी ६५ वर्षिया रसमिया अवधका साथ पाँच बच्चाहरू समेत रहेका थिए । “हामीलाई लागेको छ कि आईएसआईएसको भित्री कुराहरू बगदादीको बहिनिबाट प्राप्त हुन् सक्छ” , एक प्रहरीले बताए । रिटर्सले बताएअनुसार, बगदादीको बहिनीको बारेमा स्वतन्त्र रुपमा निकै कम जानकारी उपलब्ध छ । पक्राउ गरिएको महिला बगदादीको बहिनि नै हो भन्ने यकिन जानकारी समेत आफूसँग नभएको रिटर्सले उल्लेख गरेको छ । इस्लामिक स्टेटले बगदादी मारिएको पुष्टि गर्दै उनको उत्तराधिकारीको नाम समेत घोषणा गरिसकेको  छ । इस्लामिक स्टेटले अबु इब्राहिम अल–हाशमी आफ्नो नयाँ नेता भएको म्यासेजिङ सर्भिस टेलिग्राममार्फत् घोषणा गरेको हो ।

एक अडियो सन्देशमा इस्लामिक स्टेटले आफ्ना प्रवक्ता अबु अल हसन अल मुहाजिर मारिएको पुष्टि समेत गरेको छ । उनको मृत्यु २७ अक्टोबरमा अमेरिकी कुर्दिस बलको एक अपरेशनको क्रममा भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.