अटोमेटिक नयाँ पेस्तोलसहित पक्राउ

कात्तिक १८, काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मोरङले हतियारसहित पक्राउ परेका दुई जनालाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउँपालिका–२ निवासी २३ वर्षीय सुरजकुमार भन्ने विक्कीकुमार भगत छन् ।

निजलाई कात्तिक १६ गते सिङ्घीया नदीको पूर्वमा रहेको खुला मैदानमा छठ पूजाका अवसरमा स्थानीय एक युवा क्लबले आयोजना गरेको सांस्कृतिक साँझ तथा नृत्य कार्यक्रममा भएको ढुङ्गा प्रहारमा शङ्का लागि खानतलासी गर्दा हयिारसहित पक्राउ गरेको प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

अटोमेटिक नयाँ पेस्तोलसहित पक्राउ परेका निज व्यक्तिका साथबाट प्रहरीले म्यागजिन थान दुई, म्यागजिनमा लोड भएको गोली एक थान, सिमकार्ड पाँच र एक ट्याप्लेट बरामद गरेको छ । घटनाका सम्बन्धमा गरेको अनुसन्धानमा भगतलाई उदयपुर निवासी मुकेशकुमारले सो हतियार दिएको खुल्न आएको छ । प्रहरीले दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।  यसैगरी, तिहार र छठ पर्वका समयमा प्रहरीले जुवाको खालबाट रु नौ लाख १३ हजार बरामद गरी राजश्व कार्यालयमा दाखिला गरेको छ भने ५३ लाई पक्राउ गरी कारवाही चलाएको छ । प्रहरीले पछिल्लो समयमा रु चार लाख ५३ हजार मूल्य बराबरका पटाकासमेत बरामद गरी आज नष्ट गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.