मैत्रीपूर्ण खेल खेल्ने फुटबल टोलीको विदाइ

कात्तिक १७, काठमाडौं । म्यानमारसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागि हुन लागेको नेपाली राष्ट्रिय फुटबल टोलीको आज विदाइ गरिएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघमा आयोजित कार्यक्रममा टोलीलाई विदा गरिएको हो ।

विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने खेलको तयारीमा रहेको टोलीलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधार लगायत पदाधिकारीले विदाइ गरे ।  टोली आजै अपराह्न म्यानमार प्रस्थान गर्दैछ । म्यानमारसँग कात्तिक २१ गते खेल्ने नेपाली टोलीमा भरत खवास र एलन न्यौपानेले पुनरागमन गरेका छन् । पहिलो पटक मिडफिल्डरमा सुवास गुरुङ र मिक्चेन तामाङले टोलीमा स्थान बनाएका छन् । सिनियर खेलाडी किरण चेम्जोङ, रोहित चन्द, विशाल राई र हेमन गुरुङलाई आराम दिइएको छ ।

नेपाली टोली

गोलकिपरः विशाल श्रेष्ठ, विकेश कुथु र एलेन न्यौपाने

डिफेन्डरः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डरः सुनिल बल, रवी पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ, मिक्चेन तामाङ

स्टाइकरः भरत खवास, विमल घर्ति मगर, अविशेक रिजाल, नवयुग श्रेष्ठ

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.