सुरेश लामाको ‘ सुन्छु हल्ला बजारमा ‘ सार्वजनिक ( भिडियो )

कात्तिक १५, काठमाडौँ । गीतकार प्रलाद शाहले आफ्नो बिल्कुलै नयाँ गीत ‘सुन्छु हल्ला बजारमा ’ सार्वजनिक गरेका छन । निरन्तर रुपमा छोटो समयमा छिटो छिटो आफ्ना विभिन्न स्वादका गीत संगीत प्रस्तुत गरेर दर्शक श्रोताको मन जित्न सफल गीतकार शाहका यसअघि धेरै गीतहरु लोकप्रिय भैसकेका छन ।

यसपटक गीतकार शाहले केहि फरक गर्ने प्रयास स्वरूप सेण्टिमेण्टल भर्सनको गीत ‘सुन्छु हल्ला बजारमा’ बोलको गीत सार्वजनिक गरेका हुन। साचो माया गर्ने प्रेमीको प्रेम तोडेर अर्कै संग माया गासेको कुरा गीतमा उल्लेख छ । गीतमा कुनै दिन फेरी जिन्दगी बदलिनेछ भन्ने आशा प्रेमीले राखेको सुन्न सकिन्छ । बिरहका शब्द बोकेको यस गीतमा गायक सुरेश लामाको मार्मिक स्वर सुन्न सकिन्छ । गीतका मनछुने शब्द प्रलाद शाहले लेखेका हुन ।गीतमा मिठो संगीत भर्ने काम कल्याण सिंहले गरेका हुन । गोपाल रसाइलीको उत्कृस्ट संगीत संयोजन गीतमा रहेको छ ।

अन्जु र बिक्रम फिचर्ड भिडियोलाई फराज अर्पणले छायांकन तथा सम्पादन गरेका हुन । गणेश शाहीको निर्देशनमा भिडियो तयार भएको हो । इन्दिरा लामिछाने शाह प्रस्तुतकर्ता रहेको भिडियोलाई भाकाघर नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.