पाकिस्तानमा रेल आगलागी हुँदा मृत्यु हुनेको संख्या ७४ पुग्यो

कात्तिक १५, इश्लामावाद । बिहीबार पाकिस्तानको कराँचीबाट रावलपिन्डीका लागि प्रस्थान गरेको रेलमा आगो लाग्दा मृत्यु हुनेको संख्या कम्तिमा ७४ पुगेको छ । बीबीसीका अनुसार रेलवे मन्त्री शेख रसिद अहमदले ग्यास सिलिण्डर विस्फोटका कारण सो आगलागी भएको जनाएका छन् ।

यात्रुले ब्रेकफास्ट पकाउँदै गर्दा सो सिलिण्डर पड्केको बताइएको छ । आगोको ज्वाला कम्तिमा तीन वटा क्यारिएज सम्म फैलिएको थियो । धेरैजसो यात्रुको हामफालेर भाग्न खोज्दा मृत्यु भएको जनाइएको छ ।

परराष्ट्रमन्त्री दुःखी
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो रेल आगलागी घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्विट गर्दै पाकिस्तान सरकार र जनताप्रति नेपाल सरकार र जनताको तर्फबाट समवेदना समेत व्यक्त गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.