२० लाख नगदसहित काठमाडौंबाट एकजना हुण्डी कारोबारी पक्राउ

काठमाडौं । २० लाख नगदसहित काठमाडौंका एकजना हुण्डी कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका २ का ७२ वर्षीय वालकृष्ण भण्डारी रहेका छन् । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले उनलाई नयाँबजार क्षेत्रबाट पक्राउ गरेको काठमाडौं प्रहरीका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

पछिल्लो समयमा उपत्यकामा प्रहरीले हुण्डी कारोबारीमाथी निगरानी बढाएको छ । नेपालमा हुण्डी कारोबार अवैध मानिन्छ । पक्राउ परेका भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको एसएसपी पोखरेलले बताए ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.