तिहारसंगै चिसो मौसमको समेत आगमन हुने भएकाले स्कीनहरु ड्राई हुन शुरु भएको हुन्छ । त्यसै अनुरुप हामीले मेकअप गर्दा फुस्रो नदेखिने तरिकाले मेकअप गर्नुपर्दछ ।
चिसो मौसममा राति पनि हामिले छालको फुस्रो पन हटाउनको लागि स्कीन भिटामिन, मस्चराईजर र ब्यालेन्सीङ क्रिम प्रयोग गर्नु पर्दछ । यसरी राति प्रयोग गरेको क्रिमले दिनमा गरिने मेकअप फुस्रो नदेखिन धरै सहायता गर्दछ । यसरी गरिने मेकअप लामो समय सम्म टिकाउ पनि रहन्छ । चाडवाडको वेलामा हेयर स्टाईल बनाउदा कपाल अनुहार तथा घाटी तिर आएर नअल्झाउने किसिमले गर्नु उपर्युक्त रहन्छ । साथै, यस चाडको बेलामा पुजा पाठ समेत गरिने भएकोले यस्तो बेलामा मेकअपहरु गर्दा रातो चिज लाई ध्यानमा राखेर गर्दा उत्तम हुनेछ ।

