प्रारम्भ खबर ।
कात्तिक ८, काठमाडौँ । नेपाल बुद्धिचाल संघको आयोजनामा कात्तिक २२ गतेदेखि २९ गतेसम्म एशियन चेस च्याम्पियनशीप – २०१९ हुने भएको छ ।आज पत्रकार सम्मेलन गरी राजधानीको बुढानिलकण्ठ स्थित पार्क भिलेज होटलमा उक्त च्याम्पियनशीप हुने जानकारी दिए ।
विश्व बुद्धिचाल महासंघका अफिसियल ईभेन्टमध्ये नेपालमा हालसम्म आयोजना सफल र व्यवस्थित बनाउन मदन भण्डारी स्पोर्टस एकेडेमी तथा काठमाडौँ महानगरपालिकासंग सहकार्य गरी सर्वाधिक ठूलो प्रतियोगीताकोको आयोजना गर्न लागिएको आयोजक संस्थाले बताएको छ । स्विस लिग प्रणाली अनुसार ९ चरणसम्म सञ्चालन हुने प्रतियोगीतामा एशिया महादेशका करिब ३० देशका १ सयभन्दा बढि खेलाडी सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिए । कुल १३ हजार ५ सय अमेरिकी डलर पुरस्कार राशी रहेको उक्त प्रतियोगीतामा क्लासिकल तथा ब्लिज विधाका खेल सञ्चालन हुने भएको छ ।

चेस प्रतियोगीताले नेपालले भ्रमण वर्ष २०२० मनाउने सन्दर्भमा समेत अन्र्तराष्ट्रिय स्तरमा भ्रमण वर्षको प्रचारप्रसारका हिसावमा कोशेढुंगा सावित हुने आयोजक संस्थाको विश्वास रहेको छ । एक हप्तासम्म चल्ने उक्त प्रतियोगीताको व्यवस्थापनमा करिव २ करोड ३० लाख ३१ हजार रुपैयाँ खर्च लाग्ने आयोजकले बताएको छ । प्रतियोगीता सञ्चालनका लागि नेपालसहित भारत, चीन तथा अफगानिस्तानका अन्र्तराष्ट्रिय आर्विटरले निर्णायकको भूमिका गर्ने जनाएको छ ।

प्रतियोगीतालाई विश्वव्यापी बनाउन र सहज वातावरणसहित सम्पन्न गराउन आयोजक संस्था नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ र मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठद्वारा संयुक्त हस्ताक्षरसहितको प्रेस विज्ञप्ती जारी गरेका छन् ।

