महरा विरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाइयो

कात्तिक ८, काठमाडौं । प्रहरीले बलात्कारको आरोपमा पक्राउ परेका निर्वमान सभामुख कृष्ण बहादुर महरा विरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएका छन ।

शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंले २० दिन लगाएर तयार पारेको राय सहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको हो। महराविरुद्धको अनुसन्धान प्रतिवेदनमा मुलुकी अपराध संहिता ऐन २०७४ को बलात्कार प्रयास र यौन दुर्व्यवहार सम्बन्धी कसुरमा कैद तथा सजायको माग गरिएको जनाएको छ ।

संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको उजुरीका आधारमा गत असोज १९ गते निर्वमान सभामुख महरा सभामुखको सरकारी निवासबाट बालुवाटारबाट पक्राउ परेका थिए । पछिल्लो समय शाहीले भने आफूलाई बलात्कार नभएको भन्दै अभिव्यक्तिहरु दिदै आइरहेकी छिन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.