सिन्धुपाल्चोकमा करेन्ट लागेर एकको मृत्यु

कार्तिक ६, भोटेकोशी । भोटेकोशी गाउँपालिका ४ हिन्दीमा करेन्ट लागेर एकको मृत्यु भएको छ । आज बिहान हिन्दीका ६० वर्षिय गोरे श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार छिमेकी रुक्मिणी कार्कीको भुकम्पले भत्काएको २ तले घरको छतमा रहेको पानी ट्यांकी राख्ने स्ट्याण्ड लिन जाँदा करेन्ट लागेको थियो । स्ट्याण्डलाई फलामको भ¥याङबाट तल झार्ने क्रममा नजिकै रहेको थ्री फेज लाइनमा छुन जाँदा गारेलाई करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उहाकाअनुसार घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा ल्याएर उपचार गर्दै गर्दा मृत्यु भएको हो

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.