असार १३, काठमाडौं । काठमाडौंको जोरपाटी माकलबारीमा निर्वस्त्र पुरुषको शव फेला परेको छ । खोला किनारमा अन्दाजी ३०÷३५ वर्षको पुरुषको शव फेला परेको हो ।
उनको शरिरमा कपडासमेत नभएको र टाउकोको पछाडिपट्टि घाउ देखिएको प्रहरीले बताएको छ । मृतकको पहिचान खुलेको छैन । बिहान करिब साढे सात बजे स्थानीयबासीले शव देखेपछि बौद्ध प्रहरीमा खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको छ । काठमाडौं प्रहरी परिसर प्रमुख विश्वराज पोखरेल पनि घटनास्थलमा पुगेका छन् । मृतकको सनाखत नभएको र अनुसन्धान सुरु गरेको पोखरेलले जानकारी दिए ।