१ करोड बराबरको गोलभेडा उत्पादन

कार्तिक ६, पाल्पा । पाल्पापाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं। ७ मैनादी गोलभेडाको पकेट क्षेत्रको रुपमा विकसीत भएको छ । यो गाउँबाट यस वर्ष मात्रै एक करोड रुपैयाँ भन्दा बढिको गोलभेडा उत्पादन हुने किसानहरु बताउँछन ।

पाल्पाको रिब्दीकोट मैनादीका किसानहरु यती बेला गोलभेडा टिपेर विक्री गर्न व्यस्त छन । यो गाउँका ६० घरधुरीका किसाहरु राम्रो आम्दानी हुने भएपछि गोलभेडा खेतीमा आकर्षित भएका हुन । किसानहरुले उत्पादन गरेको गोलभेडाको बाजर व्यवस्थापन स्थनीय कृषि सहकारीले गरिरहेको छ । सहकारीले राम्रो सहयोग गरेपछि गाउँका किसानहरु अहिले वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन ।

स्थानीय कृषि सहकारीले किसानलाई बीउ वितरण, प्राविधिक सहयोग, बजारीकरण र ऋण प्रदान गरेपछि किसानहरुले उत्पादन समेत बढाउँदै लगेका छन । यसरी किसानले उत्पादन गरेको गोलभेडा सहकारीले ६५ देखि ९० रुपैयाँ सम्म विक्रीहुने गरी बजारको व्यवस्थापन गरेको किसानहरु बताउँछन । गाउँबाट अहिले दैनिक ७ सय किलो गोलभेडा विक्री हुने गरेको छ ।

वर्षको दुई पटक सम्म उत्पादन लिन सकिने भएकाले पनि किसानहरु गोलभेडा खेतीमा आकर्षित भएका हुन । मैनादीमा उत्पादन भएको गोलभेडा पाल्पाको तानसेन, स्याङ्जा, पोखरा तथा बुटवलमा निकासी हुँदै आएको छ । यो वर्ष गाउँबाट १ लाख ६० हजार किलो गोलभेडा उत्पादन हुने र १ करोड रुपैयाँ बराबरको आम्दानी गर्ने अनुमान किसानहरुको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.