कार्तिक ६, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरबाट अवैधरुपमा लगिदै गरेका ४० राँगालाई मङ्गलबार नियन्त्रणमा लीएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प बोदेबरसाइनबाट खटिएको प्रहरी टोलीले राँगा नियन्त्रणमा लिएको हो ।
भारतीय बजारबाट चोरी पैठारी गरी नेपालतर्फ ल्याउने क्रममा राँगालाई नियन्त्रणमा लीएको सुरक्षा बेसक्याम्पका सहायक प्रहरी नायब निरीक्षक वीरेन्द्र महराले जानकारी दिनुभयो ।
नियन्त्रणमा लीएका राँगाको बजार मूल्य करीब आठ लाख रहेको प्रहरीको अनुमान छ । नियन्त्रणमा लीएका राँगालाई आवश्यक कारवाहीका लागि तिलाठी स्थित ९बेल्ही० भन्सार कार्यालय पठाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

