सुकुम्बासीद्वारा आवासको उचित व्यवस्थापन गर्न सरकारसंग जोडदार माग

प्रारम्भ खबर ।
कार्तिक ५, काठमाडौँ । हिँउदे चिसो बढेसंगै जस्ताको   टहराबाट चुहिएको शीतका कारण विभिन्न रोगको सिकार बन्दै आईरहेका काठमाडौँ जिल्ला स्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेका सुकुम्बासीहरु परिवारहरुले आफुहरुलाई उचित आवासको व्यवस्थापन गर्न राज्यलाई माग गरेका छन् । कागेश्वरी मनोहरा नगरपालिका साविकको वडा नं. ११ र हाल ८ नं. वडामा पर्ने पशुपति क्षेत्र विकास कोषको जमिनमा बस्दै आईरहेको सुकुम्बासी परिवारले आफुलाई राज्यको नागरिकको हैसियतबाट टाडा राखेर अपमान गरेको गुणासो गरेका छन् ।

वि.सं. २०४८ सालदेखि सोही क्षेत्रमा बसोबास गर्दै आईरहेको करिव ५० परिवार आफ्नो समस्यालाई राज्यले बुझ्न नसकेको भन्दै आपत्ति जनाएका छन् । चुनावको बेला मात्र आफुहरुलाई मतदाताको रुपमा प्रयोग गर्दै आफूहरुको पीडालाई समाधान गर्न नचाहेको राजनीतिक दल र सरकारप्रति आक्रोशित छन् । १५० जना मतदाता परिचयपत्र समेत रहेको त्यस बस्तीका परिवारहरुले राज्यबाट पाउनुपर्ने कुनै पनि सुविधा नपाएको र नगरपालिकासंग आफ्नो समस्या समाधानका लागि आग्रह गरेपनि आलटाल र चासो नदिएको उनीहरुको भनाई छ । सुकुम्बासी समस्याको समाधानका लागि राज्यले अरबौ बजेट छुट्याए पनि त्यसको उपभोग गर्न नपाएको उनीहरुको गुणासो छ ।

पिछाडिएको वर्ग र र दलितहरुको बसोबास रहेको त्यस बस्तीमा खानेपानी र अकाशे पानीको ढल व्यवस्थापन नहुँदा परिवारका सदस्यहरु बिरामी पर्ने र उनीहरुको उपचारमा समेत कठिनाई भई जीवन गुजारा चलाईरहेको पीडित कर्णबहादुर विश्वकर्माले बताए । उनले जुनसुकै सरकार आएपनि आफ्नो समस्या समाधान नगरेको र पाँच पुस्तासम्म आफुहरुलाई राज्यले आशा आशामै मर्ने अवस्थामा पु¥याएको बताए । सरकारले हुनेखानेहरुका लागि मात्र वास्ता गरेको भन्दै गरीविको रेखामुनी रहेका सुकुम्बासीहरुलाई राज्यले उचित व्यवस्थापन गरी बाँच्न पाउने मौलिक हकलाई सुनिश्चित गर्न आग्रह गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.