कार्तिक ५, काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनल पराजित भएको छ ।
घरेलु मैदानमा भएको खेलमा शेफिल्ड युनाइटेडले आर्सनललाई १–० ले पराजित गरेको हो । शेफिल्ड युनाइटेडको जितमा ३० औँ मिनेटमा लेस मुसेटले गरेको गोल नै निर्णायक बन्यो । आर्सनलका निकोलास पेपेले गोल गर्ने राम्रो मौका बनाएका थिए तर सफल हुन सकेनन ।
ग्रानिट जाकाले गरेको प्रहार पनि गोलमा परिणत हुन सकेन । शेफिल्ड युनाइटेड प्रिमियर लिगमा फर्किएयताको यो ठूलो जित हो उसका लागि । जितपछि शेफिल्ड युनाइटेड नवौँ स्थानमा उक्लिएको छ र उसको ९ खेलबाट १२ अंक भएको छ । पाँचौँ स्थानमा कायम रहेको आर्सनलको ९ खेलबाट १५ अंक छ ।

