पहिलोपटक व्यवसायीक सयपत्री फूलको खेती सुरु

कात्तिक, २ कपिलवस्तु । कपिलवस्तु जिल्लामा पहिलो पटक व्यवसायीक सयपत्री फूलको खेती सुरु गरिएको छ । दशै, तिहार र विवाहलगाएतमा प्रयोग हुने सयपत्री फूलको आयात प्रतिस्थापनमा सहयोग पु–याउन सयपत्री फूलको व्यवसायीक खेती सुरु गरिएको हो ।

यहाँका ८ जना युवाहरुको अगुवाईमा जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ मा सञ्चालनमा रहेको ऋगबेद कृषि फर्मबाट फूल खेती सुरु गरिएको हो । फर्मले पहिलो बर्ष भाडामा लिएको १० कठ्ठा जग्गाको क्षेत्रफलमा सयपत्री फूलको खेती शुरु गरेको छ ।

व्यवसायीक फूल खेतीमा लागेका ८ जना युवा मध्ये ६ जना भने बैदेशिक रोजगारीबाट फर्किएका हुन । फूल खेतीमा लागेका कपिल न्यौपानेले देशमै कृषि पेशा अंगाले आम्दानीको सम्भावना रहेकोले आफूरु फूल खेतीमा लागेको जनाए ।

यस समूहमा बैदेशिक रोजगारीमा १० बर्ष बिताएका युवाहरु समेत छन । पहिलो पटक सुरु गरिएको सयपत्री फूलको खेतीमा पहिलो बर्ष चितवनबाट ३० हजारको बिउ ल्याइएको सञ्चालक युधिर पौडेलले जनाए । ४ महिनाको हाराहारीमा तयार हुने फूलका लागि १ लाख हाराहारी खर्च भएको र ३ लाख हाराहारीमा आम्दानी हुने अनुमान गरिएको पौडेलले बताए ।

फर्मका सञ्चालकहरु उत्पादित फूलको माला १ सय र प्रति केजी ५ सय रुपैयाँमा बुटवलदेखि नेपालगञ्जका बजारसम्म पु–याएर बिक्री गर्ने योजनामा छन । फूल खेतीले फूलको आयात प्रतिस्थापन हुने मात्र नभई प्लास्टिकको मालाको प्रयोग घट्दा वातावरणमैत्री बन्नका लागि सहयोग पुग्ने युवा उनीहरुको बुझाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.