नगदसहित १४ जुवाडे पक्राउ

कार्तिक १, कपिलवस्तु । कपिलवस्तु नगरपालिका– २ बर्गदवा स्थित जुवाको खालमा प्रहरीले छापा हानेर ३ लाख ४५ हजार नगदसहित १४ जनालाई नियन्त्रणमा लिएको छ ।

बिहीबार राति २ बजे वडा कार्यालयका प्रहरी सहायक निरीक्षक रमेश गुरुङको नेतृत्वमा गएको टोलीले अशोक कहारको घरमा खेलाइएको जुवाका खालमा छापा हानेको हो । जुवाको खालबाट ३ लाख ४५ हजार नगद, १४ जुवाडे, तास बरामद गरिएको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले जानकारी दिए । पक्राउ परेकाहरुलाई रातभर वडा कार्यालयमा राखिएको थियो । बिहान १० बजेतिर उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो ।

पक्राउ परेकाहरुमाथि आवश्यक कारबाही प्रकृया अघि बढाइएको प्रहरी नायब उपरिक्षक मल्लले बताए । दशै अघि देखि नै जिल्लाक बिभिन्न स्थामा जुवा तास भईरहेको भन्ने व्यापक जन गुनासो आएको छ । कृष्णनगर, महाराजगंज, तौलिहवा लगायतका जिल्लामा विभिन्न स्थानमा काटपत्ती, फलास, कौडीलगायतका खेलको ब्यापक जुवा तास भइरहेको श्रोतले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.