२१ जना गिरफ्तारपछि विप्लवकाे कडा चेतवनी

कार्तिक १, काठमाडौँ । आफ्ना २१ जना नेता-कार्यकर्ता गिरफ्तारमा परेपछि नेत्र विक्रम चन्द ‘विप्लव’ले कडा चेतवनी दिएका छन । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले आफ्नाे वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न नसक्ने र रोक्न खोज्नेलाई खरानी बनाइदिने चेतवनी दिएका छन ।

दुःखकष्ट, जेलनेल, त्याग र बलिदान क्रान्तिका मूल्य भएकाे बताउँदै जनताको मुक्तिका एवम वैज्ञानिक समाजवाद-साम्यवादका लागि आफ्नाे पार्टी लडिहरेकाे र आफ्ना नेता र कार्यकर्ताहरू यो मूल्य चुकाएर नै महान उद्देश्य प्राप्त गर्ने विश्वस लिएका छन ।

‘माओवादी पार्टीको खरानीबाट हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्ति जन्माउन सम्भव हुने थिएन । हामी हरेक गद्दारी, ठक्कर र बलिदानबाट किञ्चित विचलित नभई अरू स्पातिलो बन्दै जानेछौँ । हाम्रो वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न सक्नेछैन । जसले रोक्न खोज्दैछ अन्तिममा ऊ नै खरानी हुनेछ । एकीकृत जनक्रान्ति विजयी भइछाड्नेछ’ जारी विज्ञप्तिमा भनिएकाे छ ।

विज्ञप्तिमा सरकार देशको आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा नयाँ उपलब्धि र विकास दिन असफल भएपछि जनवादी शक्तिवरुद्ध दिन–प्रतिदिन घोर निरङ्कुश, सर्वसत्तावादी एवम फासिवादी बन्दै गरेकाे आरोप लगाएका छन ।

‘देशलाई लुट्ने, घात गर्नेको रक्षा र क्रान्तिकारी एवम जनवादी शक्तिहरूमाथि हत्या, हिंसा, गिरफ्तारी, दमन लादिरहेको छ ।’ जारी विज्ञप्तीमा भनिएकाे छ, ‘हामी केपी सरकारको निरङ्कुश एवम फासिवादी दमनका विरुद्ध जागरुक हुन र सङ्घर्ष गर्न सबै मानवअधिकारवादी, कानुनविद्, बुद्धिजीवी, देशभक्त, लोकतन्त्रवादी, कम्युनिस्ट क्रान्तिकारी शक्तिहरूलाई विशेष अपिल गर्दछौँ ।’

विप्लवले वीरजङ्गसहित राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई रातको २ बजे गिरफ्तार गरेको भन्दै घोर आपत्ति जनाएका छन ।

बिहीबार बिहान १ बजेतिर नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका वडा नँ ४ को मुग्रेटाखोला स्थित एक जंगलबाट विप्लव समूहका २१ जना नेता–कार्यकर्तालाई हात हतियारसहित प्रहरीले पक्राउ गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.