मेस्सीलाई छैटौं पटक गोल्डेन बुट

असोज ३०, एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीलाई गोल्डेन बुट प्रदान गरिएको छ । पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पेलाई ३ गोलले पछि पार्दै २०१८।२०१९ को सिजनमा सर्वाधिक गोलकर्ता बनेर मेस्सीले गोल्डेन बुट प्राप्त गरेका हुन ।

मेस्सीले २०१८।२०१९ सिजनमा ३६ गोल गरेका थिए । उनले गोल्डेन बुट जितेको यो लगातार तेस्रो पटक हो । फुटबलको इतिहासमा ६ पटक गोल्डेन बुट प्राप्त गर्ने मेस्सी पहिलो खेलाडी हुन । गोल्डेन बुट लिनका लागि श्रीमति एन्टोनेला रोकुवा तथा छोराहरु थिएगो र माटेउका साथ स्टेजमा गएका थिए । मेस्सीको प्रतिद्धन्दि युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले ४ पटक गोल्डेन बुट जितेका छन ।

अवार्ड कार्यक्रममा बोल्दै मेस्सीले भने,“मेरो परिवार, प्रशिक्षक, साथी सम्पूर्णमा धन्यवाद व्यक्त गर्दछु । तपाइँहरुको साथले गर्दा आज म यहाँ उपस्थित हुन पाएको छु ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.