असोज ३०,तुलसीपुर । दाङबाट प्रहरीले २१ जना ‘विप्लव’का नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका वडा नँ ४ को मुग्रेटाखोला स्थित एक जंगलबाट उनीहरुलाइ नियन्त्रणमा लिईएको हो ।
साे स्थानमा ‘विप्लव’ समुहको बैठक भईरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार बिहान १ बजेतिर उनीहरुलाइ नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा ‘विप्लव’का मध्यपश्चिम कमाण्ड ईञ्चार्ज बिरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष ‘पाटन’लगायतका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिईएको हाे । प्रहरी नियन्त्रणमा रहेका बिरजंग चन्द नेकपा महासचिव नेत्रबिक्रम चन्द ‘विप्वल’का दाई हुन ।

