सहसचिव र उपसचिवमा दरखास्त आह्वान

असोज २९, काठमाडौँ । लोकसेवा आयोगले सहसचिव र उपसचिवमा दरखास्त आह्वान गरेको छ ।

आयोगले एक सूचना प्रकाशित गर्दै राजपत्राङ्कित प्रथम श्रेणीका लागि सहसचिव वा त्यो सरह एवं राजपत्राङ्कित दित्तीय श्रेणीका लागि उपसचिव वा त्यो सरह पदका लागि दरखास्त आह्वान गरेको हो ।

आयोगले सहसचिव १८१ जना, उपसचिव ३९३ जना तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवका लागि दरखास्त आह्वान गरेको हो। उक्त पदमा योग्य इच्छुक व्यक्तिहरुले मंसिर ३ गतेसम्म आयोगका कार्यलयहरुमा दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.