घोडा चढेर देशकै अग्लो हिमालमा पुगे किम

असोज २९, सिउल । उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देशको सबैभन्दा अग्लो हिमालको आरोहण घोडामा चढेर गरेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।

सरकारी सञ्चार माध्यममा उनी माउन्ट पाइक्टुमा पुगेका तस्विरहरु सार्वजनिक गरिएका छन् । २,७५० मिटर अग्लो सो चुचुरोमा उनी यसअघि पनि गएको बताइएको छ ।यो स्थान उनका पिता किम जोङ इलको जन्मस्थानको रुपमा समेत चिनिन्छ ।

उनी त्यहाँ घोडा चढेर जानुलाई देशकै इतिहासमा महत्वपूर्ण कुरा भएको उत्तर कोरियाली सञ्चार माध्यमले जनाएका छन् । उनी सो हिमालमा सन् २०१७मा पनि गएका थिए । – बीबीसी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.