मल्ल भन्छन्, ‘उहाँले केही सोचेर बुझेरै कप्तान छाड्ने निर्णय लिएको होला’

असोज २८, काठमाडौं । क्रिकेटर ज्ञानेन्द्र मल्लले कप्तानी छाड्ने पारस खड्काको निर्णय आफ्ना लागि ‘सरप्राइज’ भएको प्रतिक्रिया दिएका छन ।

पारसले मंगलबार कप्तान पद छाड्ने घोषणा गरेका थिए । यसबारे मल्लले कप्तान छाड्ने पारसको निर्णय अप्रत्यासित भएको बताए । कहिलेकाहीँ अब के गर्ने भन्ने सामान्य कुराकानी भए पनि अहिले नै कप्तानी छाड्ने निर्णय लिने अनुमान आफूले नगरेको उनले बताए ।

नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवापछि नेपाली क्रिकेटले गति लिन लागेको बेला पारसको कप्तान चाहिने आफ्नो व्यक्तिगत धारणा रहेको भन्दै मल्ल भन्छन्, ‘मैले उहाँसँग उपकप्तानका रुपमा लामो समय काम गरेँ । व्यक्तिगत रुपमा भन्नुपर्दा अझै उहाँको नेतृत्व हामीलाई चाहिथ्यो जस्तो लाग्छ ।’

तर पारसको व्यक्तिगत निर्णयको सम्मान गर्ने उनले बताए । मल्ल भन्छन्, ‘उहाँले केही सोचेर बुझेरै निर्णय लिएको होला । त्यसको सम्मान गर्नुपर्छ ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.