एनआरएनए महाधिवेशन आजदेखि

असोज २८, काठमाडौं । ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मुल नारासहित गैरआवासीय नेपाली संघ ९एनआरएनए०को नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

होटल ह्यातमा हुने सम्मेलन ३० असोजसम्म चल्ने छ । एनआरएनएले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ त्यसैगरी सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले र समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वेदशी, विदेशी गरी २ हजार ५ सयको सहभागिता रहनेछ ।हरेक २ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार, एनआरएनएले नवौं महाधिवेशन गर्न लागेको हो ।

दुईवर्षे कार्यकालको लागि अध्यक्षमा वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले चुनावी प्रतिस्पर्धा गर्दैछन । एनआरएनएमा अध्यक्षसहित कुल १२ पद छन । यी पदहरूमा ४२ जना निर्वाचित गर्नुपर्ने प्रावधान रहेको छ । एनआरएनएको सम्मेलनका लागि सोमवारसम्म विश्वका विभिन्न ठाउँमा रहेका करिव २५ सय प्रतिनिधिहरु काठमाडौं ओर्लिएका छन ।

सन २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरुको हक हितको लागि एकताबद्ध गर्ने क्रममा संघले ८० भन्दा बढी मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषदहरु गठन गरिसकेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.