साँस्कृतिक सम्पदासंग जोडिएको ‘कहि नभएको जात्रा हाँडी गाऊँमा’

प्रारम्भ खबर ।
असोज २७, काठमाडौँ । काठमाडौँ स्थित हाँडी गाउँमा साँस्कृतिक तथा धार्मिक सम्पदासंग जोडिएको पर्व ‘कहि नभएका जात्रा हाँडी गाउँमा’ विभिन्न बाजागाजा सहित मनाएको छ ।

सोमबार स्थानीयहरुको बाग्लो उपस्थितिमा कहि नभएको जात्रा हाँडी गाउँमा भन्दै निकै उत्साहजनक जात्रा मनाएका छन् । परापूर्वकालको इतिहास र धार्मिक तथा साँस्कृतिक पहिचानका रुपमा प्राचीन लिच्विकालदेखि मान्दै आएको उक्त जात्रामा आफ्नो मनोकांक्ष पूरा गराउन विभिन्न देविदेउतालाई पूजा गरी जात्रामा सहभागी हुने गर्ने गरिन्छ ।

विष्णु, ब्रम्हा र महेश्वरको नाममा तीन ओटा सत्यनारायणको रथ समेत प्रर्दशन गरिएको थियो । विशेष प्रकारका फूल तथा कलात्मक रुपमा सजिएको उक्त रथमा ३६÷३६ जना व्यक्तिहरुले नोल लगाएर पराम्परगत बाजा र विधिअनुसार तीन फेरा बस्ती परिक्रमण गरिएको थियो । खास गरी दुई दिदी बहिनीको प्रसव वेदनासंग जोडिएर यस जात्राको सुरुवात भएको स्थानीयहरुको भनाई छ । दिदीको सहजै रुपमा प्रसव भई सन्तान प्राप्त भएको र बहिनीको ९ वर्षसम्म बच्च नभएको भन्दै सत्य नारायणको आराधाना गरेपछि मात्र सन्तान हुने विश्वासका साथ त्यस बेलाका राजा नरेन्द्रदेवको आग्रहबाट तीन नारायणको पुजा गरी जात्रा पर्व मनाउने चलन भएको बताईन्छ ।

 

नारायण सिलवाल– प्रदेश सांसद, काठमाडौँ क्षेत्र नं. ५ (क)

 

उक्त जात्राको विशेषताबारे प्रकाश पादै त्यसै क्षेत्रका प्रदेश सांसद नारायण सिलवालले हाडी गाउँमा लाग्ने यो जात्रा लामो समयदेखि एउटा संस्कृतिको रुपमा निरन्तर अगाडी बढेको र स्थानीय समुदायले प्रर्वद्धनमा सकारात्मक साथ दिदै आईरहेको बताए । उक्त जात्रालाई जनताको आयआर्जनसंग संस्कृतिलाई जोड्ने र पर्यटन क्षेत्रसंग जोडेर राज्यको तीन तहको सरकारले विशेष भूमिका निभाउनुपर्ने बताए । हाँडी गाउँको सम्पदा क्षेत्रको विकास र सम्पदाहरुको संरक्षणका लागि छिट्टै सरकारको तर्फबाट स्थानीय समुदायहरुसंग मिलेर जात्रालाई अझै परिस्कृत गर्दै भविश्यमा त्यसको लोप हुन नदिन गुरु योजनासहितको काम हुन लागेको बताए ।

संसारको कुनै पनि ठाउँ र कसैले गर्न नसकिने जात्राको रुपमा मनाउँदै आएको उक्त जात्रा हाँडी गाउँमा मात्र मनाउने भएकोले कहि नभएको जात्रा हाँडी गाउँमा नाम रहन पुगेको स्थानीय कुल नारायण महर्जनले बताए । कसैले गर्न नसकिएको जात्रा भएकोले उक्त नाम रहन पुगेको भन्दै पछिल्लो समयमा त्यसको नकारात्मक अर्थ लगाएकोमा गुणासो व्यक्त गरे ।

त्यस्तै स्थानीय रामराजा मनान्धार बाजे बराजुको पालादेखि मान्दै आएको जात्राको बारेमा बोल्दै हाँडी गाउँ सत्य नारायण जन्मेको ठाउँको रुपमा चिनिएको र विद्यपुर हुँदै हाँडी गाउँको रुपमा चिनिन पुगेको बताए । जात्राका दिन दियोमा बत्ति बाल्ने, आफ्नो परिवार लगायत आफन्तानलाई खुसी र शान्ति प्राप्ती होस भनेर पूजाआराधाना गर्ने गरेको बताए ।

शंखमुल नारायण, बुढानिलकण्ठा नारायण र चोक्टे नारायणको रुपमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट जात्रा लाग्ने गरिन्छ । विशेष गरि सँस्कृतिको लोप हुनबाट बचाउन आदीवासी जनजाति प्रजा र महर्जन जातिले फरक शैलीमा बाजागाजासहित जात्रामा आफ्नो प्रस्तुती प्रर्दशन गरिएको थियो । संस्कृति र संस्कार उतिकै महत्वपूर्ण रहेता पनि हाँडी गाउँको पहिचान भने संरक्षणको पर्खाइमा रहेको स्थानीयहरु बताउँछन् । पूराना ईट्टा र काठको झ्याल ढोका सहित रहेको मठ, मन्दिर तथा घरहरुको संरचना जीर्ण र लोप हुन गएको भन्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुन जरुरी रहेको स्थानीयहरुको माग छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.