समाजवादी पार्टीको केन्द्रीय पदाधिकारी बैठक बस्दै

असोज २७, काठमाडौं । समाजवादी पार्टीको केन्द्रीय पदाधिकारीको बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय बालकुमारीमा बैठक बस्ने बताइएको छ ।

बैठकमा पार्टीको समायोजनबारे समीक्षा हुनेछ र समायोजनको कामलाई पूर्णता दिनेबारे छलफल हुनेछ । संगठन विस्तार तथा सुदृढीकरण अभियानबारे छलफल गर्ने कार्यसूची रहेको छ । त्यस्तै बैठकमा सरकारको कामकारवाहीका बारेमा पनि समीक्षा हुनेछ । सरकारबाट बहिर्गमित हुने या सरकारमै बसेर सङ्घर्ष गर्ने कार्यसूचीबारे पार्टीले केही खुलाएको छैन । यद्यपि पार्टीका नेतालेहरूले यसबारे कुरा उठाउने भएका छन् ।

बैठकमा राजपा लगायतका पार्टी तथा संगठनहरुसँग एकता तथा ध्रुवीकरणका बारेमा पनि छलफल हुने बताइएको छ । साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल पार्टीका नेताहरूले जानकारी दिएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.