सुँगुरकाे मासु खाँदा ज्यान जानेकाे संख्या ३ पुग्याे

असोज २७, पाँचथर । सुँगुर काटेर मासु खाँदा बिरामी परेका पाँचथर कैदीबन्दीमा थप एक जनाको ज्यान गएको छ । यससँगै मासु खाएर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।

ज्यान गुमाउनेमा जयप्रकाश जवेगु, बुद्धि केरुङ र सुन्दर राई छन । सुँगुरको मासुसँगै पित्त खाँदा बिरामी परेका सुन्दरको उपचारको क्रममा झापाको बीएण्डसी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । असोज १९ गते राति दशैँको अवसरमा कारागार भित्रै सुँगुरको मासु खाँदा बिरामी परेका चार जनामध्ये बुद्धि केरुङको असोज २० जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो भने जयप्रकाश जवेगुको उपचारको लागि झापातर्फ लैजाँदै गर्दा त्यही दिन राति ज्यान गएको थियो ।

मासु खाँदा बिरामी परेका अर्का दिनेश खजुम भने उपचारपछि सामान्य छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.