दशैँको अखिल बलि पूर्ति समापन

असोज २५, काठमाडौँ । बडादशैँको सबै बलि दिने (अखिल बलि पूर्ति) काम आजैदेखि समाप्त भएको छ ।

विजयादशमीको पाँचौँ दिन अखिल बलि पूर्ति गर्नुपर्ने मान्यताअनुसार आजै सबै बलि दिइएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत पूर्णिमा मनाउनुपर्ने भएकाले पूर्णिमा भने आइतबार मनाउनुपर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

सबै बलि पूर्ति भएसँगै घटस्थापनाका दिन घरघरमा राखिएको जमरा नदी वा पवित्रस्थलमा लगी सेलाइन्छ । यसपछि विजयादशमीदेखि शुरु भएको मान्यजनबाट दुर्गाको प्रसादका रुपमा लगाइने टीका टाला सकिन्छ । दशैँको टीका सकिएसँगै शहर बजारमा चहलपहल शुरु हुन्छ । दशैँका बेला सुनसान बनेको जनजीवन पहिलेकै अवस्थामा फर्कन्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.