असोज २५, दिल्ली । चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारतको महाबलिपुरममा भएको दोस्रो अनौपचारिक शिखर वार्ताले चीन र भारतको सम्बन्धमा नयाँ युगको सुरुआत भएको चीनले जनाएको छ ।
भारतका लागि चीनका राजदूत सुन विडोङ्गले केही बेर अघि ट्विट गर्दै दुई देशबीच भएको शिखर बैठकमा ठूलो सफलता प्राप्त भएको जनाएका छन् । उनले भारत सरकार र तमिलनाडु सरकारलाई आतिथ्यताका लागि धन्यवाद समेत व्यक्त गरेका छन् । हाम्रा नेताहरुको रणनीतिक अभिभावकत्वमा दुवै देशको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको उनले जनाएका छन् ।

