काठमाडौंमा ओर्लिए चिनियाँ राष्ट्रपति सी चिनफिङ

असोज २५, काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौँ आइपुगेका छन् ।

भारतको चेन्नइमा रहेका राष्ट्रपति सी दिउँसो १ बजेर ४८ मिनेटमा नेपालका लागि उडेका थिए । उनी एयर चाइनाको बोइङ ७४७ जहाजमार्फत नेपाल ओर्लिएका हुन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज नेपाल आएका हुन् । चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.