मन्डनदेउपुरमा ‘प्रथम सिपाघाट फुटबल कप’ हुने

असोज २५, काभ्रे । काभ्रेपाल्चोक मन्डनदेउपुर नगरपालिका वडा –६ सिपाघाटमा प्रथम फुटबल कप हुने भएको छ ।

सिपाघाट फुटबल क्लबको आयोजनामा हुने उक्त प्रतियोगीताको लागि खेलाडी सहभागी तथा नाम दर्ता गराउन सूचना आह्वन गरेको छ । फुटबल क्लब हरुलाइ दर्ता प्रक्रिया खुलेको जानकारी गर्दै आयोजकको तर्फबाट पुरस्कारको राशी समेत घोषणा गरिएको छ ।

कात्तिक १ गतेदेखी सुरु हुने उक्त खेलमा टिम दर्ता गर्न रु. ६,०००।– दस्तुर लाग्ने आयोजकले जनाएको छ । खेल लिग चरणमा हुने उक्त प्रतियोगीताका लागि प्रत्येक खेलाडीले आफ्नो परिचय खुलेको कागजात तथा फोटो अनिवार्य बुझाउनु पर्ने र कुनै खेलाडीबाट खेल प्रभावित पार्न खोजिएमा टिमलाइ खेलबाट निस्कासन समेत गरिने आयोजकले बताएको छ । सिपाघाट तल्लोबजार खेलमैदानमा हुने उक्त कपमा प्रथम, दोस्रो, तेस्रो हुनेलाई क्रमशः रु. ५५,०००।–, रु. ३०,०००।–, रु. २०,०००।– हजारको नगद राशीको पुरस्कारसहित मेडल, प्रमाणपत्र वितरण गर्ने आयोजक क्लवले जनाएको छ ।

प्रतियोगीतामा सहभागी हुने खेलाडी तथा समूहले आवश्यक जानकारी तथा सूचनाका लागि निम्न मोबाईल नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ । मोबाईल नम्बरहरुः  ९८०२०१०८४४, ९८४९१२३७१६, ९८१८८२२८७७

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.