मनसुन सकिए लगतै जाडो सुरु

असोज २५, काठमाडौं । यस वर्षको मनसुन बाहिरिएको छ । गत वर्षभन्दा ढिलो गरी सुरु भएको मनसुन आजदेखि बाहिरिएको हो ।

यस वर्षको मनसुन १० दिन ढिलो गरी असार ५ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको थियो । आजदेखि औपचारिक रुपमा बाहिरिएको मौसम पूर्वानुमान महाशााखाले जनाएको छ ।

औसतमा पूर्वी नेपालमा १० जूनमा र काठमाडौंमा १२ जूनमा मनसुनी वर्षा आइपुग्ने गर्दछ । मनसुन बाहिरिएसँगै अब तापक्रम घट्दै जाने र पानी नपर्ने मौसमविदहरुले बताएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.