असोज २४, काभ्रे । काभ्रेको डाडापारी सिक्तेलबाट यात्रु लिएर आएको निसान गाडी रोशी गाउँपालिकामा दुर्घटना भएको छ ।
दशै मनाएर काठमाडौं फर्किदै गरेको उक्त गाडी शुक्रबार दिउसो रोशी गाउपालिका स्थित वडा- ३ सांझाकोटमा दुर्घटना भएको हो । दुर्घटनमा परेर दुई जनाको घटना स्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिए । सोही गाडीमा ३५ जना सवार सबै घाईते भएको छ भने १३ जनाको अवस्था गम्भीर प्रत्यक्षदर्शी गाउलेहरुको भनाइ छ । प्रकाश मोक्तन र ओकिल बोम्जनको घटन स्थलमै मृत्यु भएको छ । बा ३ ख ३५९५ नम्बरको ट्रक र सोही गाडीको चालक पनि घाइते भएको छ ।
स्थानिय र प्रहारीहरुको सहयोगमा सबै घाइतेको उद्दार गरिएको छ । उनिहरुलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ । उद्दार कार्य भएपनि एम्बुलेन्स र गाडिको अभावमा अन्य घाइते बिरामिहरु अस्पताल ल्याउन नसकेको स्थानीयहरुको भनाई छ ।

